काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ। बिहीबार प्रतितोला दुई हजार दुई सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ बढेको हो।