काठमाडौंमा जागरणसभा गर्ने एमालेको निर्णय 



काठमाडाैँ । सत्तारुढ दल नेकपा एमालेले काठमाडौंमा जागरणसभा गर्ने भएको छ । शनिबार बसेको पार्टी सचिवालय बैठकले ७ मंसिरमा काठमाडौंमा जागरणसाभा गर्ने निर्णय गरेको हो । सभा काठमाडौं, भक्तपुर र ललितपुर एमाले जिल्ला कमिटीले आयोजना गर्ने जनाइएको छ । 

जागरसभालाई सफल पार्न एमालेका सबै जनवर्गीय संगठनलाई परिचालन गर्ने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । जागरणसभामा जनसहभागिता जुटाउन पार्टीका विभिन्न कमिटीहरूलाई पनि परिचालन गर्ने निर्णय भएको छ ।