मानव तस्करीको आरोप लागेका अधिकारी एमालेबाट निलम्बित



काठमाडौं । मानव तस्करीको गम्भीर आरोप लागेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा एमालेले कारबाही गरेको छ ।

आरोप लागेसँगै मन्त्री पदबाट राजीनामा दिइसकेका एमालेको प्रतिनिधि परिषद् सदस्य रहेका अधिकारीले आफूलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरि पाउँ भन्दै निवेदन बुझाएका थिए । सोहीबमोजिम पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले एक विज्ञप्ति जारी गर्दै अधिकारीलाई लागेको आरोप निरुपण नभएसम्मका लागि पार्टीका कुनै पनि तहमा रहन नपाउने गरी कारबाही गरेका हुन् ।


हेर्नुहोस्, पत्र-

अधिकारीमाथि नक्कली कागजपत्र बनाएर तीन जनालाई जापान लागेको आरोप छ । उनी कात्तिक दोस्रो साता एक कार्यक्रमका लागि जापान गएका थिए । तर त्यहाँको अध्यागमन विभागले उनलाई फिर्ता पठाएको थियो । उनीसँगै जापान गएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूले प्रहरीलाई अधिकारीलाई १० देखि १२ लाखसम्म रकम दिएको बयान दिएका छन् । त्यसकारण मन्त्री अधिकारीमाथि पनि अनुसन्धान हुनुपर्ने भन्दै चर्को मागकाबीच एमालेले निलम्बन गरेको हो ।