प्रधानमन्त्री ओली अस्वस्थ, भेटघाटका सबै कार्यक्रम स्थगित



काठमाडाैँ। प्रधानमन्त्री ओली अस्वस्थ भएका छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार उनलाई सोमबार साँझदेखि ज्वरो आएको र अहिले बालुवाटारमै आराम गरिरहेका छन्।


मंगलबार रगत जाँच गर्न पठाइएको र त्यसको रिपोर्ट आएपछि समस्याबारे पत्ता लाग्ने सचिवालयले जनाएको छ।

अस्वस्थ भएकाले प्रधानमन्त्रीले मंगलबार भेटघाटका सबै कार्यक्रम स्थगित गरेका छन्।