काठमाडौँ । छिमेकी राष्ट्र चीनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निमन्त्रणा दिएको छ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर लेखेको पत्रमा आउँदो डिसेम्बर २ देखि ६ सम्म चीन भ्रमणका निम्त्ति औपचारिक निम्तो दिइएको हो ।
एक साताअघि नेपालस्थित चिनियाँ दूतावासका अधिकारीले परराष्ट्र मन्त्रालयमार्फत दिएको निम्तो प्रधानमन्त्री कार्यालय पुगेको छ।