स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरमा पुनः रोकिएपछि रद्ध



काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत स्कटल्यान्ड र नेपालबीचको खेल छ ओभरमा पुनः रोकिएपछि खेल रद्ध भएको छ  ।

त्यसअघि वर्षाका कारण १ ओभरमा खेल रोकिएको थियो । अमेरिकाको डालसस्थित ग्राउण्ड प्रेरी क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १ ओभरमा २ रन बनाएपछि वर्षा भएको थियो । वर्षाका कारण रोकिएको खेल सुरु भएर छ ओभर खेलेपछि मौमस प्रतिकूल भई पुनः रोकिएको थियो । पहिला ब्याटिङ गरेको नेपालले छ ओभरको खेलमा १ विकेट गुमाउँदै २६ रन बनाएपछि पुनः भएको वर्षाका कारण खेल रोकिएको हो ।


नेपाल १२ खेलबाट ८ अंक मात्र बटुलेर आठ टिममध्ये सातौं स्थानमा छ । स्कटल्यान्ड भने ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ । रोकिएको खेल संचालन हुन सकेन । खेल नै रद्ध भएपछि  नेपाललाई एक अंक राहतमा प्राप्त भएको छ । नेपाल १२ खेलबाट ८ अंक  बटुलेर सातौं स्थानमा छ । स्कटल्यान्ड भने ११ खेलबाट १४ अंकसहित तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here