नोबेल अस्पतालका चिकित्सक मृत भेटिए



विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत चिकित्सक विजय यादव मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भई  विराटनगरमा बस्दै आएका २८ वर्षीय बिजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन् । 

उनी विगत ४ वर्षदेखि विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा कोठा भाडामा लिएर डेरा बस्दै आएका थिए । नाक तथा मुखबाट रगत बगिरहेको अवस्थामा डेरा बसेको घरको कम्पाउन्डमै डा. यादवको शव फेला परेको थियाे ।