चाडपर्वको सामाजिकसँगै मानवीय महत्व छ : गृहमन्त्री लेखक



काठमाडौँ । गृहमन्त्री रमेश लेखक चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व पनि रहेको बताएका छन् । शुक्रबार दिउँसो पर्वत चन्द्रागिरि समाजद्वारा दिपावली, नेपाल सम्मत र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । 

गृहमन्त्री लेखकले चाड पर्वले परिवार र समाजलाई जोड्ने काम गरेको बताए । ‘मान्छेले बसाइँसराइ गर्ने भएकाले कामका कारण मान्छेहरु टाढा टाढा हुनुपर्छ । चाडपर्व नमनाए परिवारमा दुरी बढ्ने र आफ्नै नातागोतामा नै चिनजान नहुने स्थिति बन्थ्यो। चाड पर्वले मान्छेलाई नजिक ल्याउँछ ।  यसको समाजिकसँगै मानवीय पनि महत्त्व छ,’ गृहमन्त्री लेखकले भने ।


एउटा परिस्कृत समाज निर्माणका लागि जरुरी भन्दै चाडपर्वको अवसरमा जमघट र भेलाहरुमा उपस्थित हुने कुराको आफैँमा ठूलो महत्त्व रहेको बताए ।  हाम्रा ऋषिमुनीहरुले धेरै ठूलो अध्यापन र अनुभवपछि यी पर्वहरुको निर्माण गरेका  उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here