लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्कँदा लाखौँको क्षति



काठमाडौं । लक्ष्मी पूजामा बालिएकोे दियोबाट पसलमा आगो सल्किदा चार लाख रुपैयाँ बराबरको क्षती भएको छ ।

बिहीबार बेलुका काठमाडौं महानगरपालिका–८ स्थित राममन्दिर क्षेत्रमा रहेको सौभाग्यविक्रम शाहको घरमा सञ्चालन गरिएको चटपटे र किराना पसलमा भएको आगलागीबाट करिब चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।


आगलागीबाट कुनै मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ । दीपावली गर्न बालिएको दियोबाट आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।