बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम संसदीय सुनुवाइबाट अनुमोदन



काठमाडौं । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । बुधबार बिहान बसेको सुनुवाइ समितिको बैठकले लम्सालको नाम अनुमोदन गरेको हो ।

उजुरीकर्ताको उजुरीमाथि सुनुवाइ सकिएसँगै बुधबार उनको नाम अनुमोदन भएको हो । अब उनलाई राष्ट्रपतिले राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।