स्थानीय तह उपनिर्वाचन: ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृतहरु सिफारिस, को कहाँ ? (सूचीसहित)



काठमाडौं । आसन्न स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले ३१ जिल्लामा मूख्य निर्वाचन अधिकृत खटाउन सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको न्याय परिषद्को बैठकदे ३१ जिल्लामा जिल्ला न्यायाधीशलाई मूख्य निर्वाचन अधिकृत तोक्ने निर्णय गरेको हो ।

को कहाँ सिफारिस


आइतबार बसेको न्याय परिषद्को बैठकले गरेको निर्णय अनुसार झापाको कन्काई नगरपालिकामा जिल्ला न्यायाधीश उमेशप्रसाद लुईंटेल खटिएका छन् । त्यस्तै मोरङको ग्रामथान गाउँपालिकामा उद्धवप्रसाद भट्टराई,तेहथुमको लालिगुरास नगरपालिकामा भीमबहादुर निरौला, सुनसरीको गढी गाउँपालिकामा मुकेश उपाध्याय, ओखलढुंगाको मोलुङ गाउँपालिकामा गिरीराज गौतम र उदयपुरको त्रियुगामा दिपककुमार खरेल मूख्य निर्वाचन अधिकृत खटिएका छन् । उनीहरु सबै सम्बन्धित जिल्लाका न्यायाधीश हुन् ।

यस्तै मधेश प्रदेशअन्तर्गत सप्तरीको डाक्नेश्वरी नगरपालिकामा दीपककुमार दाहाल, धनुषाको धनुषाधाम नगरपालिकामा चुरामन खड्का, महोत्तरीको रामगोपालपुर नगरपालिकामा राजकुमार कोइराला र रौतहटको इशनाथ नगरपालिकामा मनोज केसी मूख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

बागमती प्रदेश अन्तर्गत दोलखाको गौरिशंकर गाउँपालिकामा दोलखाका जिल्ला न्यायाधीश माधवप्रसाद सुवेदी खटिँदा नुवाकोटको ककनी गाउँपालिकामा सुवासबाबु पुरी, काठमाडौंमा कमलप्रसाद पोखरेल र मकवानपुरको हेटौंडामा अवनी मैनाली भट्टराई मूख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

उता गण्डकीको गोरखा नगरपालिकामा शिववहादुर रानाभाट मूख्य निर्वाचन अधिकृत तोकिदा लुम्बिनी अन्तर्गत मुसिकोट नगरपालिका गुल्मीमा युवराज गौतम, रोल्पाको रुन्टिगडीमा विनोद खतिवडा, बर्दियाको ठाकुरबाबा नगरपालिकामा मनोज श्रेष्ठ, पुथा उत्तरगंगामा लोकबहादुर हमाल र शुद्धोधन गाउँपालिका कपिलवस्तुमा प्रकाशचन्द्र अधिकारी मूख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

कर्णाली प्रदेशको दैलेखको महावु गाउँपालिकामा कुलप्रसाद पाण्डे, तिलगुफा नगरपालिकामा आनन्दराज पन्त, नलगाड नगरपालिकामा श्यामलाल घिमिरे,त्रिपुरासुन्दरी नगरपालिका डोल्पामा चन्द्रदेव भारती, हुम्लाको सार्केगाड गाउँपालिकामा शम्भु बराल तथा रुकुम पश्चिमको सानिभेरीमा रामप्रसाद बस्याल मूख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

सुदूरपश्चिमको बाजुराको स्वामिकार्तिक खापरमा सञ्जिव पोखरेल, बझाङको सुर्मा गाउँपालिकामा सुद्र्धशन लामिछाने, डोटीको पूर्वचौकी गाउँपालिकामा रुद्रमणि गरिी, दार्चुलाको दुँहुँ गाउँपालिकामा पुष्पराज पाण्डे र कञ्चनपुरको भिमदत्त नगरपालिकामा जिल्ल न्यायाधीश लिलाराज अधिकारी मूख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस भएका छन् ।

मंसिर १६ गते काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरसहित देशका विभिन्न ४१ स्थानमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने स्थानीय तहमा आगामी मंसिर २ गते उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here