हत्या आरोपित अभियुक्त चार वर्षपछि पक्राउ



संखुवासभा । हत्या आरोपित फरार अभियुक्त मादी नगरपालिका–८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

२०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार थिए । उनलाई आइतबार पक्राउ गरिएको डीएसपी दक्षकुमार बस्नेतले बताए ।


गत असोज १९ गते अभियुक्त राजकुमार तामाङकै गाउँका दिनेश मोक्तान आगजनी गरेको आरोपमा समातिएपछि उनको बयानका आधारमा हत्या आरोपित राजकुमारलाई प्रहरीले पक्राउ गरेको डीएसपी बस्नेतले बताए ।

हत्यामा संलग्न तामाङविरुद्ध कर्तव्यज्यान तथा आपराधिक उपद्रव र मोक्तानविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा चलाएको प्रहरीले जनाएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here