साताको पहिलो दिन ९ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्बमा सीमित



काठमाडौँ । नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ।  साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९.१९ अंकले घटेर २६१७.९५ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ४.४५ अंकले घटेर ४६९.८० विन्दुमा पुगेको छ।

आज १४१ कम्पनीको मूल्य घटेको छ । ९१ कम्पनीको घट्दा ११ कम्पनीको मूल्य स्थिर रह्यो । आइतबार कुल १ करोड ११ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । 


समग्र परिसूचक घटे पनि आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेसन, रिभर फल्स पावर लिमिटेड र माइखोला हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी समृद्धि फाइनान्स लिमिटेड र कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । 

आइतबार फाइनान्स र जीवन बिमा कम्पनीप्रति लगानीकर्ताको आकर्षण देखियो । आज फाइनान्स उपसमूह र जीवन बिमा उपसमूहको सूचक क्रमशः १.११ र १.१५ प्रतिशतले बढेको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here