सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान !



काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार छापावाल सुनको मूल्य गत शुक्रबारको तुलनामा तोलामा १ हजार ४ सय रूपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।

आइतबार छापावाल सुन तोलाको १ लाख ६७ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि कार्तिक ८ गते छापावाल सुन प्रतितोला एक लाख ६६ हजार सात सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको थियो ।


यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा १५ रूपैयाँले बढेर २ हजार ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here