राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुन्छ: मन्त्री सिंह



ललितपुर । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । राष्ट्र निर्माणका लागि समाजलाई रूपान्तरण गर्न खेलकुदले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने बताएका छन् ।

गणेशमान सिंह प्रतिष्ठानद्वारा आज आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहमा उनले खेलकुदको माध्यमबाट सामाजिक रूपान्तरणमा योगदान पुग्नाका साथै अनुशासित जनशक्ति विकासमा पनि सहयोग पुग्ने बताए । उनले विद्यालय तहदेखि नै टेनिसलगायत खेलकुदलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिए ।


प्रतिष्ठानका कार्यसमिति सदस्य भाष्करमान सिंहले प्रतियोगिताका निम्ति सहयोग गरेका सबै संघसंस्थाप्रति आभार व्यक्त गरे ।नेपाल टेनिस संघका सचिव मालिका राणाले प्रतियोगिताका माध्यमबाट खेलाडी उत्पादनका साथै प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here