इजरायलमाथि थप आक्रमण नगर्न इरानलाई अमेरिकाको आग्रह



वासिङ्टन । संयुक्त राज्य अमेरिकाले हिंसाको चक्र अन्त्य गर्न शनिबार इजरायलले गरेको क्षेप्यास्त्र आक्रमणको बदलामा इरानलाई इजरायलमाथि थप आक्रमण नगर्न आग्रह गरेको छ।

‘हामी इरानलाई इजरायलमाथि आक्रमण नगर्न आग्रह गर्दछौँ ताकि द्वन्द्व यो चक्र थप वृद्धि नगरी अन्त्य गर्न सकियोस्’, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता सीन साभेटले पत्रकारहरूलाई भने।


इजरायली सेनाले शनिबार इरानविरुद्ध सैन्य आधार र मिसाइल उत्पादन केन्द्रलगायत अन्य क्षेत्रहरूमा आक्रमण गरेको छ।

‘उनीहरूको प्रतिक्रिया आत्मरक्षाको अभ्यास थियो र इजरायलले जनसङ्ख्या भएका क्षेत्रहरुलाई असर नगर्ने गरी केवल सैन्य लक्ष्यहरू केन्द्रित आक्रमण गरेको थियो’, उनले बताए।

इजरायलले इरानमा गरेको अक्रमणमा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको कुरामा जोड दिँदै साभेटले भने, ‘मध्यपूर्व क्षेत्रमा तनाव कम गर्नु हाम्रो उद्देश्य हो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here