चौथो रानीवन गोल्ड कपको उपाधि सिम ब्वाइजलाई



हुम्ला । चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिम ब्वाइज क्लबले हात पारेको छ । 

यही कात्तिक २ गते देखि सिमकोट तल्लो बजारमा सञ्चालन भएको खेलमैदानमा १५ वटा टोलीको सहभागी रहेको थियो । शुक्रबार भएको फाइनल खेलमा सिमकोट तल्लो गाउँ राइजिङ क्लब माथि जित हासिल गर्दै सिम ब्वाइजले प्रतियोगिताको विजेता बनेको हो । 


प्रतियोगितामा सिम ब्याइज क्लब निर्धारित समयमा बराबरी गोल भए पछि खेल ‘ट्राइबेकर’ गएको थियो । दुईका विरुद्ध तीन गोल गरेर सिम ब्वाइज विजेता भएको हो । विजेता र उपविजेता टोलीलाई क्रमशः ५० हजार र ३० हजार नगद पुरस्कार प्रदान गरिएको हो । 

त्यसैगरी, विजेता सिम ब्वाइजलाई ट्रफी पनि प्रदान गरिएको थियो । विजेता र उपविजेता सबै खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सिम ब्वाइजका जीवन रावतलाई ‘बुट’ प्रदान गरिएको थियो भने सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहका तर्फ बाट खेल अवधिभर गरेका आठ वटा गोलको प्रतिगोल ५ सयका दरले ४ हजार नगद पनि प्रदान गरिएको थियो ।

उत्कृष्ट खेलाडी सिम ब्वाइजकै विशाल सिंह पनि पुरस्कृत भएका छन् । उत्कृष्ट गोल किपरमा सिम ब्वाइजकै छिरिङ लामा रहेका रहेका थिए । यो पुरस्कार सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया, जिल्ला खेलकुद समितिका अध्यक्ष विनोद बोहरा, पत्रकार महासङ्घका अध्यक्ष राजन रावतले वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here