माओवादी निकट एकता मञ्चद्वारा बाढीपहिरो पीडितलाई आठ लाख सहयोग



काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास संगठन अखिल भारत नेपाली एकता मंचले बाढीपहिरो पीडितका लागि आठ लाख रुपैयाँ सहयोग गरेको छ । मंचले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।

मंचका सहइञ्चार्ज युवराज भण्डारी, संयोजक राजेन्द्र शर्मा र केन्द्रीय सचीव नगेन्द्र ढकाल लगायतको प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई उनको निवास खुमलटारमा भेट गरी चेक हस्तान्तरण गरेको हो ।


चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले सहयोगका लागि अखिल भारत नेपाली एकता मंचलाई धन्यवाद दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here