बिछ्यौनामा मृत भेटिए दम्पती



सुदूरपश्चिम । कञ्चनपुरमा एक दम्पती मृत फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–१ बिनवारीमा रमेश्वर बडायक र कमला बडायकको शव फेला परेको हो ।

उनीहरू श्रीमान–श्रीमती हुन् । लालझाडी गाउँपालिका–१ का वडाध्यक्ष प्यारेलाल रानाले रातिको समयमा टाउँको फुटेको अवस्थामा उनीहरूको शव फेला परेको जानकारी दिए ।


प्रदेश प्रहरीबाट अनुसन्धानका लागि कुकुरसहितको टोली घटना स्थलमा पुगेको छ । कञ्चनपुर प्रहरीको टोली पनि घटनास्थलमा छ। उनीहरूको हत्या गरिएको देखिएपनि अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here