दाङमा राप्ती नदीमा नुहाउने क्रममा डुबेर तीन बालिकाको मृत्यु



दाङ । दाङको लमहीस्थित राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा तीन बालिकाको नदीमा बगेर मृत्यु भएको छ । बिहीबार दिउँसो राप्ती नदीको रैनियापुर घाटमा नुहाउने क्रममा एकसाथ तीन बालिका बगेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।

उनका अनुसार लमही नगरपालिका वडा नम्बर–२ रैनियापुर निवासी सीताराम चौधरीकी छोरी झरना चौधरी, सोही स्थानका सन्तराम चौधरीकी छोरी निशा चौधरी र गढवा घर भइ लमही बस्दै आएका श्रीकान्त चौधरीकी छोरी कृष्टि चौधरीको मृत्यु भएको हो ।


मृतक तीनैजना बालिकाको उमेर १२ वर्ष रहेको छ । बालिकाहरूको उद्दार गरी उपचारका लागि लमही अस्पतालमा पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेका भुसालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here