सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?



काठमाडौं। पछिल्ला केही दिन लगातार बढेको सुनको मूल्य आज भने घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ।


यसअघि बुधबार सुन तोलाको एक लाख ६६ हजार ७ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here