रविलाई म्याद थप्न अदालत पेश गरिँदै, समर्थक र पीडित दुवैले प्रदर्शन गर्ने



पोखरा । सहकारीको रकम अपचलन र संगठित अपराध अभियोगमा पक्राउ परेका रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ ।

हिरासतमा राखेर अनुसन्धान गर्नलाई प्रहरीले म्याद थप्न अदालत पेश गर्न लागेको हो ।


अदालतमा रविको तर्फका वकिल र पीडिततर्फको वकिलले बहस गरेपछि म्याद थप हुने नहुने इजालसले तय गर्नेछ ।

शुक्रबार काठमाडौँबाट पक्राउ परेका पुर्वगृहमन्त्री लामिछानेलाई शनिबार बिहान कास्की ल्याइएको थियो । आइतबार जिल्ला अदालत पेश गरेकोमा ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमती पाएको थियो ।

जिल्ला सरकारी वकिलको रोहबरमा रविको बयान लिने कामसमेत भैरहेको छ । रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आज म्याद थपका लागि अदालय उपस्थित गराइँदैछ ।

यसैबीच आज राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र सहकारीका पीडित दुवै पक्षले आज विरोध प्रदर्शन गर्ने भएका छन् ।

रवि समर्थकले वाइचोक र सहकारी पीडितले मुस्ताङचोकमा विरोध प्रदर्शन गर्न लागेका हुन् । दुवै पक्षले आन्दोलनमा सहभागी बन्न आह्वानसमेत गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here