टर्कीको एक उड्डयन कम्पनीमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु



टर्कीको राजधानी अंकारा नजिकै एक उड्डयन कम्पनीको कार्यालयमा आक्रमण हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

अन्य २२ जना घाइते भएका छन् । आक्रमणमा संलग्न भएको आरोपमा एक पुरुष र महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तर आक्रमण कसले गरेको भन्नेबारे खुलिसकेको छैन । 


उपराष्ट्रपति सेभडेट यिलमाजले मारिनेमध्ये चार जना ताईका कर्मचारी र अर्का एक जना ट्याक्सी चालक रहेका छन् । 

बीबीसीका अनुसार आक्रमणकारीहरूले आक्रमण गर्न आफ्नो गाडी लैजान अघि ट्याक्सी चालकको हत्या गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here