अङ्काराको एयरोस्पेस कम्पनीमा आक्रमण



अङ्कारा । अङ्कारा नजिकै रहेको टर्किश एयरोस्पेस इन्डस्ट्रिज (टिएआई) को मुख्यालय बाहिर भएको ठूलो विस्फोटमा केही मानिसहरू ‘मृत र घाइते’ भएको टर्कीका गृहमन्त्रीले बुधबार बताएका छ । उनले यसलाई ‘आतङ्कवादी आक्रमण’ भनका छन्

‘टर्किश एयरोस्पेस इन्डस्ट्रिजविरुद्ध आतङ्कवादी आक्रमण भएको छ… दुर्भाग्यवश, हाम्रा शहीदहरू र घाइतेहरू छन्’, गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमा लेखे ।


स्थानीय सञ्चार माध्यमले प्रसारण गरेको घटनास्थलको फुटेजमा सुरुमा धुवाँको ठूलो मुस्लो र स्थलमा ठूलो आगलागी भइरहेको देखाएको थियो । घटना अङ्काराबाट करिब ४० किलोमिटर उत्तरमा रहेको कहरमानकजान नामक सानो शहरमा भएको हो ।

हाबरटर्क टिभीले थप विवरण नदिई ‘बन्धक परिस्थिति’ जारी रहेको बताएको छ भने निजी एनटिभी टेलिभिजनले अपराह्न करिब ४ः०० बजे (१३०० जिएमटी) भएको विस्फोटपछि गोली चलेको जनाएको छ । आक्रमणको तत्काल कसैले जिम्मेवारी लिएको छैन ।

यो विस्फोट इस्तानबुलमा रक्षा र एयरोस्पेस उद्योगहरूको प्रमुख व्यापार मेला भइरहेको बेला भएको हो । मेलामा यस हप्ता युक्रेनका शीर्ष कूटनीतिज्ञले भ्रमण गरेका थिए ।

आफ्नो बायरक्तार ड्रोनहरूका लागि व्यापक रूपमा परिचित टर्कीको रक्षा क्षेत्रले देशको निर्यात राजस्वको करिब ८० प्रतिशत हिस्सा ओगट्छ र २०२३ मा यसको राजस्व १० अर्ब २० करोड डलर नाघ्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here