अभ्यास खेलमा अमेरिका ए सँग नेपाल पराजित



काठमाडौँ । अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अमेरिका ए टिमसँगको अभ्यास खेलमा पराजित भएको छ ।

गएराती सम्पन्न अभ्यास खेलमा अमेरिका ए ले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।


पहिला ब्याटिंग गरेको नेपाली टिमले खेलमा २५.३ ओभरमा ८० रन बनाएर अल आउट भएको थियो । जवाफमा अमेरिका ए ले ६ विकेट गुमाउदै लक्ष्य पुरा गर्दै ४ विकेटले खेल जितेको थियो ।

यस अभ्यास खेलमा लिग-२ को खेल अघि अमेरिका ए, नेपाल र स्कटल्याण्ड खेलिरहेका छन् ।

आज अभ्यास खेल अन्तर्गत अमेरिका ए र स्कटल्याण्ड खेल्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here