अब तारे होटलमा प्लास्टिकजन्य बोटल प्रयोग गर्न नपाइने



काठमाडौं । तारे होटल र रिसोर्टहरूमा अबदेखि प्लास्टिकजन्य बोटल प्रयोग गर्न नपाइने भएको छ । पर्यटन विभागले चारतारे, पाँचतारे र पाँचतारे डिलक्स तथा डिलक्स र लक्जरी रिसोर्टमा प्लास्टिकजन्य बोटल प्रयोग गर्न प्रतिबन्ध लगाएको हो ।

विभागले यही कात्तिक ५ गते परिपत्रमार्फत ती होटल र रिसोर्टहरूले अब काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेस्टुराँमा पिउने पानीको व्यवस्था मिलाउनुपर्ने जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here