यस्तो छ ‘केटी हराएको सूचना’ को दोस्रो टिजर



काठमाडौं । फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो टिजर सार्वजनिक भएको छ। यस टिजरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई देख्न सकिन्छ । टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्यलाई विशेष रूपमा समेटेको छ ।

कात्तिक ३० गतेदेखि रिलिज हुने फिल्मले रहस्य र प्रेमको कथामार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ ।


चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ। चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here