अमेरिकी रक्षामन्त्री ऐक्यबद्धता भ्रमणमा किएभमा



किएभ  । अमेरिकी रक्षामन्त्री लोयड अस्टिन युक्रेनको रूससँगको युद्धमा समर्थन जनाउन सोमबार बिहान किएभ पुगेका छन् । अमेरिकी निर्वाचनको केही हप्ताअघि भएको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिमा मित्रराष्ट्रहरूलाई लामो दूरीका हतियारको प्रयोगमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरिरहेका बेला अस्टिनको भ्रमण भएको हो ।


यदि अर्को महिना हुने अमेरिकी निर्वाचनमा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भए अमेरिकी सैन्य समर्थन घट्ने सम्भावना रहेको र यसका लागि युक्रेनले यही प्रशासनसँग मिलेर केही रणनीतिक निर्णय लिन आतुर देखिन्छ ।

‘म रक्षामन्त्रीका रूपमा चौथो पटक युक्रेनको भ्रमण गरेको छु,’ अस्टिनले एक्समा रेलवे स्टेसनमा आफ्नो तस्बिर पोस्ट गर्दै लेखेका छन् ।

उनले आफ्नो अघोषित भ्रमणले अन्तर्राष्ट्रिय समुदायसँगै संयुक्त राज्य अमेरिका पनि युक्रेनको पक्षमा खरोरूपमा उभिएको देखाएको बताए।

अमेरिकी रक्षा मन्त्रालयले अस्टिनले युक्रेनी नेतृत्वसँग भेटघाट गर्ने र युद्धभूमिमा रूसी आक्रमणबाट बच्न युक्रेनलाई आवश्यक सुरक्षा सहयोग उपलब्ध गराउने अमेरिकी प्रतिबद्धतालाई जोड दिने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनसहित जर्मनी, फ्रान्स र बेलायतका नेताहरूले युक्रेनलाई समर्थन जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै रुसको निरन्तर आक्रमणको निन्दा गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here