पाटन (ललितपुर) । अतिक्रमण हुँदा कर्मनाशा खोला हिलभ्यू हाउजिङमा पसेकाले यसतर्फ सङ्घ, प्रदेश र स्थानीय तहले ध्यान दिनुपर्नेमा जोड दिइएको छ ।
गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण कर्मनाशा खोलाको बाढी ललितपुरको महालक्ष्मी नगरपालिका–२ स्थित हिलभ्यू हाउजिङ (बालकुमारी कोलोनी) मा पसेको थियो ।
बाढीले भुइँ तला पूरै डुबाएको हाउजिङका अध्यक्ष मोहन भट्टराईले जानकारी दिए । “पन्ध्र वर्षदेखि हामी कोलोनीमा बसिरहेका छौँ, अहिलेसम्म यस्तो समस्या आएको थिएन, २०७२ सालको भूकम्पमा पनि क्षति व्यहोर्नुपरेको थिएन, कर्मनाशा खोलाको ललितपुर महानगरपालिकातर्फ करिडोर अतिक्रमण हुँदा अहिले क्षति व्यहोर्नु प¥यो”, उनले भने ।
उक्त क्षेत्रको भौगोलिक बनावट र जोखिम तत्काल अध्ययन गरी कुन कुन स्थानमा कति जोखिम छ भनेर पत्ता पत्ता लगाउन आवश्यक छ । मनोहरामा मिसिने कर्मनाशा खोला सिधै गएर मिसिएकामा सो खोलाको मिलन विन्दुको आकार फराकिलो बनाई ‘वाई’ आकारमा मिसिने व्यवस्था गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने अध्यक्ष भट्टराईको भनाइ छ ।
उनले यस्तो विपद् व्यवस्थापनका लागि दीर्घकालीन उपाय खोजी गरी समाधान गर्नुपर्नेमा जोड दिए । च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय नजिक रहेको मनोहरा खोलाको पुललाई प्रतिस्थापन गरी रिङरोडमा रहेको पुल सरह अग्लो बनाउनुपर्ने अध्यक्ष भट्टराईले बताए ।
पन्ध्र वर्षदेखि सञ्चालनमा रहेको उक्त कोलोनीमा ७२ परिवारको बसोबास रहेको सचिव अक्षय गौतमले बताए । बाढीबाट रु २० करोड बराबरको क्षति भएको उनको भनाइ छ । कर्मनाशा खोलाको पूर्वतर्फ अर्थात् महालक्ष्मीनगर पालिकातर्पm करिडोर तथा कच्ची सडक निर्माण भइसकेकामा त्यसको पश्चिमतर्फ ललितपुर महानगरपालिकाले पनि तत्कालै करिडोर खाली गराएर करिडोरमा सडक बनाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
कोनोनीका सदस्य मनोज खड्काले कर्मनासा खोलाको दायाँबायाँ करिडोर सडक निर्माण गरेर तथा खोलालाई अतिक्रमण हुनबाट बचाई खोलाले आफ्नो बाटोमा बग्ने संरचना बनाउन आवश्यक पहल गर्न माग गरे ।
“कर्मनाशा खोलाको पूर्वतर्पmको कोरिडोरको भाग खाली गरी सडक निर्माण गर्न हामीले सहयोग गरेका छौँ । पश्चिमतर्फ ललितपुर महानगरपालिकातर्फ करिडोर खाली नगरेकाले खोलाको सबै बहाव हाउजिङतर्पm मोडिएकाले अत्यधिक क्षति व्यहोर्नु प¥यो”, उनले भने ।
कर्मनाशा, मनोहरा तथा बागमतीमा फोहर मैला तथा बालुवा भरिएका कारण खोलाको गहिराई कम हुँदै गएकाले नियमित सफा गरी वास्तविक गहिराइ कायम गर्नुपर्ने खड्काले बताए । खोला बग्ने स्थानमा उद्यान र कोरिडोर निर्माण भएकाले चौडाइ बढाउन तथा चौडाइमा एकरुपता कायम गर्नुपर्ने उनको भनाइ छ ।