स्पष्टीकरणप्रति उषाकिरण भन्छिन्-‘एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ’



काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टीले स्पष्टीकरण सोध्ने निर्णयबाट आफू नडगमगाउने बताएकी छन् ।

व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा पार्टी कार्यालय बनाउने निर्णयको विरोध गर्ने नेतालाई स्पष्टीकरण सोध्ने पार्टी सचिवालयको निर्णयपछि उनले आफू सत्यको पक्षमा अडिग रहेको बताएकी हुन् । उनले गौतम बुद्धको भनाई उदृत गर्दै सामाजिक संजालमा लेखकी छन्, ‘एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ ।’


उनले पार्टी कार्यालय भवन निर्माणमा व्यापारीको सहयोग लिनु गम्भीर गल्ती भएको भन्दै निर्णय फिर्ता लिनुपर्ने बताएकी थिइन् । सचिवालय बैठकले तिम्सिना, डा. भीम रावल र बिन्दा पाण्डेलाई पनि स्पष्टीकरण सोध्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here