नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य



काठमाडौं । नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ ।

जारी टी-२० सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ६ विकेट गुमाउदै १७० रन बनाएको हो ।


नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिंग गर्दै ५४ बलमा अविजित ९२ रन बनाएका थिए । त्यस्तै अनिल शाहले २५, गुलशन झाले १९, कप्तान रोहित पौडेलले १८ रन बनाएका थिए ।

त्यस्तौ अमेरिकाका बलर जसदीप सिंह र नोस्थस केन्जीगेले २-२ विकेट लिएका थिए भने सौरभ नेत्राभलकरले एक विकेट लिएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here