एयर न्युजिल्याण्डको विमानमा बमको धम्की



सिड्नी एयरपोर्टमा एयर न्युजिल्याण्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएको छ ।

स्काई न्यूज अष्ट्रेलियाका अनुसार, १४० यात्रु बोकी वेलिङ्गटनबाट सिड्नीका लागि प्रस्थान गरिएको एयर न्युजिल्याण्डको उडानमा यस्ता धम्की प्राप्त भएको थियो ।


फ्लाइट एनजेड–२४७ बेलुका ५ः४० बजे वेलिङ्गटनबाट विमान सकुशल अवतरण भएको रिपोर्ट गरिएको छ ।  रिपोर्टका अनुसार, विमानलाई टार्माकमा रोकिएपछि एयर न्युजिल्याण्डले सुरक्षा खतराको सम्भाव्यताको बारेमा सचेत रहेको पुष्टि गर्‍यो ।

‘हामी स्थानीय अधिकारीहरूसँग काम गरिरहेका छौं र त्यस्ता घटनाहरूका लागि स्थापित मानक प्रोटोकलहरू पछ्याउँदैछौं’ एयरलाइनका सुरक्षा अधिकारी क्याप्टेन डेभिड मोर्गनले एक विज्ञप्ति मार्फत उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here