सन्दीपले पाए अमेरिकाको भिसा, आजै अमेरिका प्रस्थान गर्ने



काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिएको छ । उनी आजै बेलुका अमेरिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आजबाट नेपाल र अमेरिकाबीच टी-२० सिरिज सुरु भएको छ । तीन खेलको टी-२० श्रृंखलामा नेपालले दोस्रो खेल आइतबार खेल्नेछ । यसअघि अमेरिकाले भिसा नदिएकै कारण सन्दीपले टी-२० विश्वकपको अमेरिकामा भएका खेलहरूमा सहभागी हुन पाएका थिएनन् ।


टी-२० सिरिज पछि अमेरिकामा नै नेपालले स्कटल्याण्ड र अमेरिकासँग आईसीसी लिग २ का खेल खेल्नेछ । बलात्कार मुद्दामा अदालतबाट सफाइ पाउँदा पनि सन्दीपलाई अमेरिकाले पटक-पटक भिसा दिन अस्वीकार गर्दै आएको थियो । यसपटक भने लिग-२ सुरु हुनु केही दिन अघि भीसा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here