लेबननबाट शान्ति सैनिक नहटाउने राष्ट्रङ्घको अडान



बीबीसी । संयुक्त राष्ट्रङ्घले दक्षिणी लेबननमा रहेका उसका शान्ति स्थापक सैनिकहरू हाल ती रहेका कुनै पनि स्थानबाट अन्यत्र नहट्ने बताएको छ । उनले इजरायलले शान्ति सनिक हटाउन गरेको आह्वानको अवज्ञा गरेको छ ।

संयुक्त राष्ट्र संघीय शान्ति स्थापना कार्यका प्रमुख जँपीएर लाक्र्वाले न्यू योर्कमा पत्रकारहरूसँग कुरा गर्दै लेबननमा युनिफिल सैन्यलाई तिनको हालकै स्थानमा कायमै राख्ने निर्णयलाई सुरक्षा परिषद र उक्त सैन्यमा आफ्ना सैनिकहरू पठाउने सदस्य राष्ट्रहरूको पूर्ण समर्थन रहेको बताएका छन् ।


आइतबार इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्र सङ्घलाई दक्षिणी लेबननबाट आफ्ना शान्ति स्थापक सैन्यलाई हटाउन चेतावनी दिएका थिए। तर संयुक्त राष्ट्र सङ्घ शान्ति सैनिकहरूलाई तिनीहरू कायम रहेका स्थानबाट अन्यत्र नलैजाने निर्णयमा दृढ देखिएको छ ।

राष्ट्र सङ्घको शान्ति सेनाका प्रमुखले भनेका छन्, ’नीलो हेलमेट’का नामले पनि चिनिने शान्ति सेना तिनीहरू हाल रहेकै स्थानमा बसिरहन जरुरी छ। तिनीहरूलाई संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदले दिएको कार्यादेश, म्यान्डेट, पालना गर्न त्यहाँका गैरसैनिक जनताहरूलाई सहायता पुर्याउन पनि आवश्यक रहेको उनको भनाइ छ ।

इजरायलले त्यस क्षेत्रमा सुरुङ्हरू बनाउन र सी नजिकै रकेट र क्षेप्यास्त्रहरू राख्ने कार्यबाट हिज्बुल्लाहलाई रोक्न संयुक्त राष्ट्र सङ्घ असफल भएको तर्क गरेको छ। जुन १८ वर्ष अगाडिको युद्ध रोक्न भएको सम्झौताको उलङ्घन भएको पनि उसको भनाइ छ ।

संयुक्त राष्ट्र सङ्घले आफूहरूको म्यान्डेट द्वन्द्वका पक्षहरूलाई सहयोग गर्नु मात्र रहेको र उक्त सम्झौता लागु गर्ने काम आफूहरूको नभएको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here