दक्षिणी लेबननबाट तत्काल शान्ति सेना फिर्ता गर्न राष्ट्रसङ्घलाई इजरायली प्रधानमन्त्रीको आग्रह



बीबीसी । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले संयुक्त राष्ट्रसङ्घलाई दक्षिणी लेबननमा रहेको शान्ति सेना ’तत्काल’ त्यहाँबाट फिर्ता गर्न आग्रह गरेका छन् ।

नेतन्याहूले संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरसलाई सम्बोधन गर्दै यस्तो आह्वान गरेका हुन् । लेबननमा खटिएको संयुक्त राष्ट्रसङ्घको अन्तरिम बल (यूनिफिल)ले यो साता दक्षिणी लेबननमा आफ्नो पाँचौं शान्ति सैनिक घाइते भएको जनाएको थियो ।


उनले भने, ‘महासचिव महोदय, यूनिफिललाई क्षतिको मार्गबाट तत्काल हटाउनुहोस् ।’ यस महिनाको सुरुमा इजरायली विदेशमन्त्री इसरेल काट्जले इजरायलमा इरानले आक्रमण गरेलगत्तै गुटेरसलाई ‘पर्सोना नन ग्राटा’ घोषणा गरेका थिए ।

हिजबुल्लाहले सीमानजिकैको एउटा गाउँमा आफ्ना लडाकुहरू अत्यन्तै निकटको दूरीबाट इजरायली सेनासँग लडिरहेको जनाएको छ । इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि लडाइँमा आफ्ना दुई सैनिक गम्भीर घाइते भएको जनाएको छ ।

दक्षिण लेबननमा लडाइँ चर्किँदै गर्दा लेबननी अधिकारीहरूले इजरायलले आफ्नो लक्षित क्षेत्रलाई फराकिलो बनाएको जनाएका छन् । आईडीएफका अनुसार उसले विगत २४ घण्टामा मात्रै हिजबुल्लाहका झण्डै २०० ठेगानामा आक्रमण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here