इजरायली आक्रमणले लेबनानी मस्जिद पूर्ण रूपमा ध्वस्त



एजेन्सी । इजरायली हवाई आक्रमणले लेवनानको युद्धग्रस्त  दक्षिणी क्षेत्रमा अवस्थित मस्जिदलाई ध्वस्त पारेको लेबनानी आधिकारिक  सञ्चार माध्यमले जनाएको छ ।  पछिल्लो समयमा  इजरायलले आक्रमण अभियानलाई तीव्र बनाएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान पौने ४ बजे इजरायली लडाकुँ विमानले कफर टिबनिट गाउँको केन्द्रमा रहेको उक्त मस्जिदलाई लक्षित गरी हवाई आक्रमण गरी  पूर्ण रूपमा नष्ट गरेको बताइएको छ ।


कफर टिबनिटका मेयर फुआद यासिनले द्धिदेशिय सीमा बाट करिब आठ किलोमिटर टाढा रहेको उक्त गाउँका मानिसहरूले मस्जिदको विनास सँगै एकताको  केन्द्र गुमाएको बताएका छन् ।  उनका अनुसार एक सय वर्ष पुरानो उक्त मस्जिद एउटा महत्त्वपूर्ण ठाउँ थियो जहाँ मानिसहरू विशेष अवसरहरूमा भेला भई पुजापाठ गर्ने गर्थे ।

गाजा युद्धलाई लिएर इजरायल र हिजबोल्लाह बिच सीमापार आक्रमणकोे एक वर्षको समय  पूर्ण द्वन्द्वमा परिणत भयो । लेबनानका अधिकारीहरूले इजरायलको निरन्तरको आक्रमणले लेबनानमा एक हजार २ सय ६० भन्दा बढी मानिसहरूको ज्यान लिनुका साथै दश लाख भन्दा बढी मानिस विस्थापित भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here