बाढीका कारण श्रीलङ्कामा २२ हजार भन्दाबढी विस्थापित



कोलाम्बो । श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डीएमसी) का अनुसार बाढी, तेज हावा, रूखहरू ढल्दा हालै २२ हजार भन्दा बढी श्रीलङ्कालीहरू विस्थापित भएका छन् ।

डीएमसीले सार्वजनिक गरेको प्रतिवेदनमा अक्टोबर सातदेखि शनिबार बिहानसम्म दक्षिण एसियाली मुलुकका पाँच हजार ३४८ परिवारका २२ हजार ६४ जना विस्थापित भएको बताइएको छ ।


यसैबीच श्रीलङ्कामा पानीले भरिएको धानबारीमा डुबेर एक जनाको मृत्यु भएको र एक सय २० घरमा क्षति पुगेको डीएमसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here