चीनमा वृद्धवृद्धाका लागि सहयोगी सेवा सुरु



चीनको राजधानी बेइजिङमा ८० वर्ष वा सोभन्दा माथिका वृद्धवृद्धा नागरिकका लागि लक्षित गरी नयाँ सहयोगी उपायहरू सुरु गरेको छ । यस अन्तर्गत सेवा सुधार, चिकित्सा सेवा आपूर्ति सुधार, थप २० सेवाहरू समावेश छन् ।

सिभिल अफेयर्स ब्यूरोका उपप्रमुख गुओ हान्कियाओले भने, “ यो उपायहरू मुख्यतया सहरका ८० वर्ष र माथिका वृद्ध व्यक्तिहरूलाई लक्षित गरीएको छ । यस अन्तर्गत शारीरिक वा संज्ञानात्मक रूपमा अपाङ्गता भएकाहरू पनि समावेश रहेका छन् ।”


बेइजिङमा हाल ८० वर्ष वा सोभन्दा माथि उमेर समूहका छ लाख ९८ हजार नागरिक छन्, जसमध्ये एक लाख ६३ हजार छ सय जनाले आफ्नो हेरचाह गर्ने क्षमता गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here