झिलीमिली बत्तीले सिँगारिए राजधानीका शक्तिपीठ



काठमाडौँ । शारदीय नवरात्रका अवसरमा देशका विभिन्न शक्तिपीठहरुलाई बत्तीको झिलीमिलीले सिँगारी आकर्षक बनाइएको छ । 

राजधानीका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवतीलगायत शक्तिपीठमा रातिको समयमा बत्तीको झिलीमिलीले सिँगारिएको हो ।


रातमा शक्तिपीठ सिँगार्दा आकर्षक देखिएको मैतीदेवीका स्थानीयवासी इन्दिरासिंह श्रेष्ठले बताइन् । 

विभिन्न दाताको सहयोगमा राजधानीका शक्तिपीठलाई झिलिमिलि बनाइएको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका काठमाडौँ महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्कीले बताए ।


नवरात्रका अवसरमा विभिन्न शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्न भक्तजनको घुइँचो लाग्ने गर्छ । यो समयमा देवीको पूजा, आराधना एवं दर्शन गरेमा मनोकामनाा पूरा हुने धार्मिक विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here