महिला टी–२० क्रिकेटमा भारतले पाकिस्तानलाई  ६ विकेटले हरायो



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ । पाकिस्तानले दिएको १ सय ६ रनको लक्ष्यपछ्याएको भारतले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो ।

भारतका लागि शेफाली वर्माले सर्वाधिक ३२ रन बनाइन् । पाकिस्तानकी फातिमा सानाले २ विकेट लिइन् । यसअघि दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५ रन बनाएको थियो । पाकिस्तानकी निदा दारले २८ रन बनाइन् ।


भारतका लागि अरुन्धती रेड्डीले ३ विकेट लिईन् । यस्तै हिजो भएको दोस्रो खेलमा वेस्ट इन्डिजले  स्कटल्यान्डलाई हराएको छ । स्कटल्यान्डले दिएको १ सय रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले  ११ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो ।

वेस्ट इन्डिजकी क्वीना जोशेफले सर्वार्धिक ३१ रन बनाउँदा स्कटल्याण्डकी अफि फ्लेचरले ३ विकेट लिइन् । टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here