राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसङ्घको महासभामा सहभागिताबारे जानकारी



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ ।

भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे ‘रिपोर्टिङ’ भएको छ ।


भेटका अवसरमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here