दशैंको फूलपातीका दिन निगमले काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने



काठमाडौं । नेपाल वायु सेवा निगमले दशैंको फूलपातीका दिन काठमाडौं–भैरहवा–काठमाडौं उद्धार उडान गर्ने भएको छ । निगमले सोमबार विज्ञप्ति जारी गरी असोज २४ गते न्यारोबडी जहाजबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न लागिएको जानकारी दिएको हो ।

काठमाडौंबाट बाहिर जाने यात्रुको चापलाई ध्यानमा राख्दै प्रतिव्यक्ति एकतर्फी ७ हजार रुपैयाँ भाडामा यो रुटमा उडान गर्न लागिएको निगमले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here