ऊर्जामन्त्री खड्का र सचिव आचार्यबीच कार्यसम्पादन सम्झौता



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र ऊर्जा सचिव सुरेश आचार्यबीच कार्यसम्पादन करार सम्झौता भएको छ ।

मुलुकको ऊर्जा क्षेत्रको विकासका लागि मन्त्रालयले गर्नुपर्ने काम प्रभावकारी बनाउन ऊर्जा मन्त्रालयमा कार्यसम्पादन करार सम्झौता भएको हो ।


सम्झौता कार्यक्रममा ऊर्जामन्त्री खड्काले केही आयोजना ढिलो निर्माण हुँदा राज्यले ठूलो नोक्सानी बेहोर्नु परिरहेकाले समयमै आयोजना सम्पन्न गर्न सबै आयोजना प्रमुखले पहल गर्नुपर्ने बताए । उनले ऊर्जा क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्ने विषय आम जनतामाझ बुझाउन जरुरी रहेको उल्लेख गरे ।

“केही व्यक्ति मात्र सक्षम भएर मुलुकको विकास हुँदैन, तल्लो तहका मानिसलाई धनी हुनेगरी कार्ययोजना बनाएर अगाडि बढ्नुपर्छ,” मन्त्री खड्काले भने ।

ऊर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले देश विकासका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको महत्त्वपूर्ण भूमिका भएकाले इमानदार भएर काम गर्न कर्मचारीलाई आग्रह गरे । उनले विपद्को सामना गरिरहेको मुलुकलाई समृद्ध बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए ।

मन्त्रालयका सचिव सुरेश आचार्यले ऊर्जा क्षेत्रको विकासका लागि तत्काल र दीर्घकालीन योजनालाई बुँदागत रूपमा कार्यान्वयनमा लैजानुपर्ने बताए । सम्झौतामा ऊर्जा क्षेत्रको विकासका लागि बाधक ऐन कानूनलाई समयानुकूल परिमार्जन गर्दै आयोजनालाई समयमै सम्पन्न गर्ने विषय समावेश गरिएको सचिव आचार्यले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here