आठ किलो सुनसहित हेटौंडाबाट दुई भारतीय नागरिक पक्राउ



हेटौंडा । प्रहरीले मकवानपुरबाट आठ किलो सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले पूर्व–पश्चिम सडकखण्ड अन्तरगत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेबाट ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ बराबरको आठ किलो २४३ ग्राम सुन बरामद गरेको हो ।

पक्राउ पर्नेहरुमा भारत महाराष्ट्रका २५ वर्षका अभिषेक अजिनाथ कुटी र २७ वर्षका राहुल भिट्टिहाल रछन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्दा सुन फेला परेको थियो ।


उनीहरुको साथबाट आठ किलो २४३ ग्राम सुन बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । उनीहरुलाई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here