ट्रम्पका कारण शान्तिपूर्ण निर्वाचन हुनेमा आंशका छः राष्ट्रपति बाइडेन



वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त नभएको बताएका छन् ।

सन् २०२० को हारलाई अस्वीकार गर्ने रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको भड्किलो टिप्पणीलाई उदृत गर्दै बाइडेनले यो टिप्पणी गरेका हुन् ।


ट्रम्पले सन् २०२० मा बाइडेनसँगको हारपछि चुनावमा व्यापक घोटाला भएको आरोप लगाएपछि उनका समर्थकहरुले राजधानीमा तोडफोड गरेका थिए ।

‘म विश्वस्त छु कि यो निर्वाचन स्वतन्त्र र निष्पक्ष हुनेछ । तर यो शान्तिपूर्ण हुन्छ वा हुँदैन मलाई थाहा छैन’, बाइडेनले चुनावको बारेमा छलफल गर्दा सञ्चारकर्मीलाई भने ।

ट्रम्पले अन्तिम पटक चुनावको नतिजा मन नपराउँदा गरेका टिप्पणीहरु निकै खतरनाक थिए।

रिपब्लिकनको पराजयपछि उनका सयौँ समर्थकहरुले द्वन्द्व फैलाएपछि ट्रम्पलाई सन् २०२१ मा विद्रोह उक्साएकोमा महाभियोग लगाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here