विश्व द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न फ्रान्सेली राष्ट्रपतिको चेतावनी



फ्रान्स । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सेली भाषा बोल्ने देश ’फ्रान्कोफोन’ शिखर सम्मेलनको उद्घाटन गर्दै मध्यपूर्व र युक्रेनलगायत विश्वव्यापी द्वन्द्वमा ‘दोहोरो भूमिका’ नखेल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

म्याक्रोनले फ्रान्सेली भाषी देशले मिलेर विश्वव्यापी शान्तिमा ठूलो योगदान दिनसक्ने कुरामा जोड दिएका छन् । “फ्रान्कोफोन संसारको यस्तो ठाउँ हो, जसले कुटनीतिको माध्यमबाट विश्वभरको सार्वभौमत्व र क्षेत्रीय अखण्डताको रक्षा गर्न सक्षम छ”, म्याक्रोनले भने ।


फ्रान्सेली भाषा बोल्ने युक्रेनमा आज आक्रमण भइरहेको छ, यसको सिमाना र क्षेत्रीय अखण्डतामा रूसी आक्रमणको खतरामा छ”, उनले भने ।

म्याक्रोनले यसअघि लेबनानमा शिया उग्रवादी समूह हिजबुल्लाह विरुद्ध इजरायली आक्रमणको विषयमा चिन्ता व्यक्त गर्दै नागरिक हताहतको सङ्ख्यामाट स्तब्ध भएको बताएका थिए ।

“इजरायल र प्यालेस्टाइन दुई–राज्यबीचको समाधानबिना मध्यपूर्वमा शान्ति हुन सक्दैन”, उनले भने ।

नेताहरू शुक्रबार पेरिसको उत्तरपूर्वमा र शनिबार फ्रान्सको राजधानीमा “फ्रान्कोफोनी“ शिखर सम्मेलनका लागि भेला भएका छन् । फ्रान्समा ३३ वर्षमा पहिलोपटक यो कार्यक्रम आयोजना गरिएको हो।

सम्मेलनमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोका राष्ट्रपति फेलिक्स शिसेकेदीदेखि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसम्म दर्जनौँ नेताहरूको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here