मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउदै नासाको ‘साइकी मिशन



लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ । यो मिसनको महत्त्वपूर्ण कोसेढुङ्गा भएको नासाले जनाएको छ ।

गत वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको साइकी अन्तरिक्ष यान, मङ्गल र बृहस्पतिबीचको मुख्य क्षुद्रग्रह बेल्टको टाढाको भागमा रहेको धातुयोग्य क्षुद्रग्रहको अध्ययन गर्ने पहिलो अमेरिकी मिसन हो ।


प्रक्षेपण भएको लगभग एक वर्षपछि नासाको डीप स्पेस अप्टिकल कम्युनिकेसन प्रयोगले पृथ्वीबाट साइकी स्पेसक्राफ्टमा लगभग ४६० मिलियन किलोमिटर टाढा लेजर सिग्नल पठाएको नासाले जनाएको छ । नासाका अनुसार यो उपलब्धि मानवले एक दिन लेजरकोमाध्यमबाट मंगल ग्रहमा र त्यहाँबाट पृथ्वीमा सञ्चार गर्न सकिन्छ भन्ने प्रमाण हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here