सिरहाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’



सिरहा। चाडपर्वको समयमा यात्रुलाई हुने समस्यामा सहजीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहाले जिल्लाका छ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना गरेको छ।

दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सवारी टिकट काउन्टरमा हुने भीडभाड तथा यात्रु ठगिने कार्य नियन्त्रण र समस्याको तत्काल सुनुवाइ गर्न लहान, सिरहा बजार, धनगढीमाई, गोलबजार, मिर्चैया र बन्दिपुरमा सहायता कक्ष सञ्चालनमा ल्याइएकोे जिल्ला ट्राफिक कार्यालयका प्रमुख पोषणराज थपलियाले जानकारी दिए।


‘चाडपर्वको बेला सवारीसाधनको चाप, टिकट काउन्टरमा यात्रुको भीड बढ्ने, बढी भाडा लिएर यात्रु ठगिने जस्ता कार्य नियन्त्रण, क्षमताभन्दा बढी यात्रुका कारण हुने दुर्घटना न्यूनीकरणका लागि सहायता कक्षबाट आवश्यक काम हुनेछ’, उनले भने।

यस्तै, राजमार्गमा वर्षाका कारण परेका खाल्डाखुल्डी पुरेर यातायात सञ्चालनमा सहजता ल्याउन सरोकार भएका निकायसँग समन्वय भइरहेको ट्राफिक कार्यालय प्रमख थपलियाले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here