नेपाल पुलिस क्लबद्वारा सङ्कटा महिला फुटबल क्लब पराजित



काठमाडौं । जारी एन्फा महिला लिग–२०२४ फुटबल प्रतियोगता अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले सङ्कटा महिला फुटबल क्लबलाई पराजित गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा पुलिसले सङ्कटामाथि २–१ गोलअन्तरको जित निकालेको हो । 


पुलिसका लागि अनुष्का शेर्पाले तेस्रो मिनेटमा गोल गर्दै खाता खोलिन । त्यसपछि खेलको सातौ मिनेटमा पुलिसकी समीक्षा घिमिरे पेनाल्टीमा गोल गर्न चुके पनि त्यस लगत्तै गोल गर्न सफल भइन् । 

खेलको ७३औँ मिनेटमा सङ्कटाकी सेलेना अनिमाले एक गोल फर्काए पनि हार टार्नका लागि त्यो पर्याप्त भएन । यस खेलसँगै महिला लिगको पहिलो चरणका खेल सकिएका छन् । 

प्रतियोगिताको दोस्रो चरणमा पाँच टोली प्रवेश गरेका छन् । दोस्रो चरणको सुपर लिगमा आजको विजेता नेपाल पुलिसक्बलसँगै एपिएफ, त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र कोशी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here