बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेबार ?



काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रूपैयाँले बढेर १ लाख ६० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here